२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नतिजा देखिने गरी काम गर्न मन्त्री यादवको आग्रह

अ+ अ-

बुटवल । खानेपानी मन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिने गरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन् । 

बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको आज निरीक्षण एवं अनुगमनपछि मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यक पर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामको नतिजा देखिने गरी समयमै काम गर्नुपर्ने बताए ।

मन्त्री यादवले भने, “मानिसलाई बाँच्नका लागि आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रासबै खानेपानी आयोजनाको नतिजा देखिने गरी काम गरौँ ।”

मन्त्री यादवले हाल सञ्चालनमा रहेका खानेपानी आयोजनामा कुनै पनि समस्या आइपरे अथवा बाधा अवरोध सिर्जना भए सो कुराको जानकारी तत्काल आफूलाईसहित मन्त्रालयमा गराउनसमेत उनले सबैलाई आग्रह गरे । उनले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनुहुँदैन । कति कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाईसहित मन्त्रालयमा गराउनु होला । समस्याको समाधान हामीले निकाल्ने छौँ ।”

अनुगमन तथा निरीक्षणकै क्रममा मन्त्री यादवले हाल निर्माणाधीन अवस्थामा रहेका खानेपानीका आयोजनामा केही निर्माण व्यवसायीले विभिन्न बाहना बनाएर काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको भन्ने जन गुनासो सुनिएकाले निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्नसमेत आग्रह गरे ।

मन्त्रालयका सचिव ई. प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटालगायतको सहभागिता रहेको थियो ।