९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो काँग्रेस जरुरी छ : नेता सिंह

अ+ अ-

सप्तरी । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले ठुलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन काँग्रेस बलियो हुनुपर्नेमा जोड दिए । काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै काँग्रेसको संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।

उनले काँग्रेसकै नेतृत्वमा भएको आन्दोलनले  रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट काँग्रेस नेतृत्वमै संविधान बनेको बताए ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका सिंहले आवश्यकताको सिद्धान्तअनुसार काँग्रेस  एमालेको सरकार बनेको बताए । ‘अहिले संसदको दुई ठुला दल मिलेर सरकार बन्दा कहीँ नभएको भयो भनेको सुन्छु । आवश्यकताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो ।’ उनले भने, ‘साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने चाहना अनुसार नै वर्तमान सरकार बनेको हो ।’

उनले आवश्यकताको सिद्धान्त अनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएको बताए । राजनीति स्थायित्व विना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले राजनीतिक स्थीरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए । 

सिंहले सप्तरीमा रहँदा पार्टी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने लहान नगरपालिकाको कार्यक्रममा पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस