काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
४३ वर्षीय बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समिति सदस्य समेत हुन् । उनलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
उनीसहित यो सहकारी प्रकरणमा ३९ जनालाई प्रतिवादीलाई बनाउँदै आजै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।