११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो

अ+ अ-

महोत्तरी । महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार चालु आव २०८१/८२ को ६ महिनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा सात साना हतियार बरामद गरिएका छन भने त्यसमा लाग्ने १९ राउण्ड गोली पनि बरामद गरिएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयले ती साना हतियारसहित पाँच जनालाई पक्राउ गरी उनीहरुविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आव २०८०/८१ मा तीन थान साना हतियार र एक थान भरुवा बन्दुक बरामद गर्नुका साथै नौ राउण्ड गोली बरामद गरेको छ । 

आव २०८०/८१ मा प्रहरीले आठ जनालाई हतियारसहित पक्राउ गरेको थियो । चार जनामाथि हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । त्यसरी नै जिल्ला प्रहरी कार्यालयले आव २०७९/८० मा पनि एक थान पेस्तोल र चार थान भरुवा बन्दुक बरामद गर्नुका साथै ३७ राउण्ड गोली बरामद गरेको थियो । पाँच जनालाई हातहतियारसहित पक्राउ गरिएकामा तीन जनामाथि हातहतियार तथा खरखजाना मुद्दा चलाएको प्रवक्ता जैसवारले बताए । उनले साना हतियार बोक्न तथा लुकाउन सजिलो हुने भएकाले पछिल्ला दिनमा भइरहेको आपराधिक गतिविधिमा अपराधीले साना हतियारको प्रयोग बढी गर्ने गरेको पाइएको बताए ।

प्रतिक्रिया दिनुहोस