१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछ : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी/माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताएका छन् । 

माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् ।

“यो पर्व किसानहरूले नयाँ कृषि ‘सिजन’को सुरुआतका रूपमा मनाउँछन् । जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ”, उनले सन्देशमा भनेका छन् । 

माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको र यसले सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना बलियो बनाउने उनले बताए। उनले भनेका छन्, “यस पर्वले विविध संस्कृति र समुदायबीच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस