काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले खुलाएको विज्ञापनमा कुनै पनि उम्मेदवारको आवेदन नपरेको पाइएको छ ।
प्राधिकरणले सुपरभाइजर पदमा एक जनाको लागी विज्ञापन खुलाएको थियो । लोक सेवा आयोगले आज एक सूचना जारी गरी उक्त विज्ञापनमा कुनै पनि उम्मेदवारको आवेदन नपरेको बताएको हो ।
प्राधिकरणको विज्ञापन नम्बर प्रा. ५/आ.प्र.२२/०८-०८१ मा प्राविधिक सेवा, मेकानिकल समूह, तह ५ को लागी आवेदन माग गरेको थियो ।
