७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व कार्यालय भद्रपुरको राजस्व संकलन बढ्यो

अ+ अ-

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 

कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा रु एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिमा रु एक अर्ब ३५ करोड तीन लाख राजस्व संकलन भएको थियो । कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको अधिकृत ज्ञानेन्द्र राईले जानकारी दिए । 

“चालु आवको छ महिनामा रु एक अर्ब ८८ करोड ५८ लाख २१ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा ८० दशमलव ४६ प्रतिशत राजस्व संकलन भयो”, उनले भने “चालु आवको पहिलो छ महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकोले सो अनुसार संकलन हुनसकेन” । 

कार्यालयले समीक्षा अवधिमा आयकरबाट रु ६६ करोड ३१ लाख ४८  हजार, ब्याजबापत रु चार करोड ७५ लाख ९६ हजार, मूल्य अभिवृद्धि करबापत ५२ करोड २० लाख ३० हजार अन्तःशुल्क बापत रु २६ करोड ५० लाख पाँच हजार राजस्व संकलन गरेको छ । कार्यालयले राजस्व सङकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको कर अधिकृत राईले बताए। 

उनका अनुसार स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम, स्थानीय तहसँगको समन्वयमा प्यानमा दर्ता नभएका साना व्यवसायीका लागि तालिम सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस