काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति विषयमा संवाद गोष्ठी गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा बुधबार वैदेशिक सहयोगको अर्थ राजनीतिबारे छलफल गर्न लागिएको केन्द्रीय सदस्य तथा आर्थिक नीति तथा योजना विभागका प्रमुख डा. गोविन्दराज पोखरेलले बताए ।
उनका अनुसार कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १२:३० बजे सुरु हुनेछ ।
संवाद गोष्ठीमा डा. डिल्लीराज खनाल, डा. मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा. डा सञ्जय आचार्य, डा. ईन्द्र अधिकारी र सेमन्त दाहाल वक्ता रहने उनले बताए।