६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा लक्ष्यको ४१ प्रतिशत राजस्व संकलन

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो ६ महिनामा वार्षिक राजस्व लक्ष्यको ४०.९६ प्रतिशत हासिल गरेको छ ।

आन्तरिक राजस्व, बाँडफाँटबाट प्राप्त हुने राजस्व र आन्तरिक अनुदानसहित कुल वार्षिक लक्ष्य १२ अर्ब ९० करोड ६३ लाखमध्ये ५ अर्ब २८ करोड ६१ लाख उठाउन सकेको हो ।

महानगरले चालु आव पहिलो ६ महिनामा ८ अर्बभन्दा बढी आन्तरिक राजस्व उठाएको छ । महानगरले पुस मसान्तसम्म कुल आन्तरिक राजस्वको वार्षिक लक्ष्य ८ अर्ब ३ करोड ५७ लाख ९० हजार रुपैयाँको ४०.८५ अर्थात् ३ अर्ब २८ करोड २७ लाख रुपैयाँ उठाएको हो ।

आन्तरिक राजस्वमध्ये काठमाडौँले सबैभन्दा धेरै घर बहाल कर १ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ उठाएको छ । महानगरले ३ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ घर बहाल कर उठाउने वार्षिक लक्ष्य राखेको छ ।

यस्तै १ अर्ब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउने वार्षिक लक्ष्य राखेको महानगरले ६ महिनामा ८३ करोड ७ लाख रुपैयाँ उठाएको छ ।

यस्तै महानगरका आम्दानीमध्ये रहेको बाँडफाँटबाट प्राप्त राजस्वमा भने कमजोर देखिएको छ । महानगरले पुस मसान्तसम्म बाँडफाँटबाट प्राप्त राजस्वको वार्षिक लक्ष्य २ अर्ब ५० करोड २६ लाखमध्ये २५.३७ प्रतिशत मात्रै अर्थात् ६३ करोड ४८ लाख प्राप्त गरेको हो ।

यस्तै महानगरको आयस्रोतमध्ये रहेको आन्तरिक अनुदानतर्फ १ अर्ब ३६ करोड ८५ लाख जम्मा गरेको छ । जुन वार्षिक लक्ष्य २ अर्ब ३६ करोड ७८ लाखको ५७.८० प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस