७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमासद्वारा तीन इजरायली र पाँच थाई बन्धक रिहा

अ+ अ-

जेरुसलेम । प्यालेस्टिनी समूह हमासले बिहिबार थप तीन इजरायली बन्धकहरू मुक्त गरेको छ । सन् २०२३ अक्टुबर ७ देखि हमासको कब्जामा रहेका अगम बर्गर, अर्बेल यहुद र गदी मोजस रिहा भएका हुन् । बर्गर इजरायली महिला सैनिक हुन् ।

हमासले आजै पाँचजना थाई बन्धकहरू पनि रिहा गरेको छ । बर्गरलाई रिहा गरिएको केही समयपछि अन्य ७ जनालाई अन्तराष्ट्रिय रेडक्रसको जिम्मा लगाइएको हो । बीबीसीका अनुसार रिहा भएका थाई नागरिकहरू बनावत सिआठो, नटापोङ पिन्टा, साथिआन सुवानाखम, सुरस्क लम्ना र पोङ्सक टन्ना हुन् ।

हमासले छाडेका ८ बन्धकको बदलामा इजरायली जेलमा रहेका १ सय १० जना प्यालेस्टिनी आजै रिहा हुँदैछन् । तीमध्ये ३० जना बालबालिका, ३२ जना आजिवन कारवासको सजाय पाएका र ४८ जना लामो समयको जेल सजाय काटिरहेकाहरू भएको जनाइएको छ ।

हमास र इजरायलबीच दुई साताअघि युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएको थियो । सम्झौता अनुसार यसअघि चार इजरायली महिला सैनिकसहित ७ जना रिहा भइसकेका छन् । हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस