काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति ‘ज्वाइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) बैठक २२ माघ (४ फेब्रुअरी) मा भारतमा बस्ने भएको छ ।
हालै भारत नयाँदिल्लीमा बसेको सहसचिवस्तरको संयुक्त कार्यदल बैठकमा दुई देशलाई जोड्ने ४०० केभीका दुई प्रसारण लाइन निर्माण मोडालिटीमा सहमति भएपछि त्यसलाई अनुमोदन गर्ने गरी सचिव स्तरीय बैठक बस्न लागेको हो ।
नेपाल र भारतबीच यस्तो बैठक हरेक ६ महिनामा बस्नुपर्ने सम्झौता भए पनि एक वर्षपछि मात्रै बस्न लागेको हो ।
यसअघि गत वर्ष २१ पुस (३ जनवरी २०२४) मा चितवनमा यो बैठक भएको थियो ।
सहसचिवस्तरको जेडब्लूजी बैठकले दुई प्रमुख प्रसारण लाइन निर्माण र लगानी प्रारूपमा गरेको सहमति अनुमोदन गर्न जेएससी बैठक बस्न लागेको बताइएको छ ।