८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा देउवाको जोड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उनले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए ।

पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उनले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहकार्य भएको स्पष्ट गरे । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन थियो ।

आफू र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेलमा बसेको साथी भएको उल्लेख गर्दै उनले भने, “वास्तवमा भन्ने हो भने ओलीजी र मसँगै जेलमा बसेको साथी हौँ । धेरै कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्ड देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने अवस्था छैन ।”

मुलुकको विकासका प्रचुर रहेका भन्दै उहाँले यसको समग्र उन्नयनका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने बताए ।

उनले नेता तथा कार्यकर्तामा निराशा नभई आशाको सञ्चार गर्दै एउटा सशक्त पार्टीका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताए। बिपी चिन्तनलाई समयसापेक्ष बुझ्न र यसको व्यावहारिक प्रयोग आवश्यक रहेको उनको भनाइ थियो ।

बुधबार समापन हुने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा पार्टीका जिल्ला सभापति, उपसभापति, प्रदेश सभापतिसहित करिब दुई सय जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस