६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको दुर्गम गाउँपालिका मुकाममा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत् 

अ+ अ-

डोटी । डोटीको दुर्गम पालिका बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । 

गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ७ चवराचौतारामा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तरगतको ११ केभी प्रसारण लाइनको विद्युत् ट्रान्सफर्मरमा पुगेसँगै मंगलवार पालिका अध्यक्ष कमल बहादुर गड्सिलाले ट्रान्सफर्मरमा स्विच अन गरेर विद्युत्को उद्घाटन गरेका हुन् । 

विद्युत् उद्घाटन गर्दै पालिका अध्यक्ष गड्सिलाले पालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने गरी काम तीव्र रूपमा भइरहेको बताए । विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण र समन्वय गरिरहेको पनि अध्यक्ष गड्सिलाले बताए । उनले अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने बताएका छन् । त्यसैगरी केदारअखडा र कानाचौरमा पनि बत्ती बाल्ने काम अगाडी बढ्ने बताए ।  ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म पालिकाभर विद्युत् विस्तार हुने अध्यक्षको भनाई छ ।

पालिका केन्द्रमा विद्युत् पुगेपछि बस्ती स्तरका सबै टोलहरूमा वायरिङ र मिटर जडानको कार्य सम्पन्न भएपश्चात् विद्युत् सप्लाइ गर्न सकिने नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका उत्तम धामीले बताए । उद्घाटन कार्यक्रममा धामीको पनि उपस्थिति रहेको थियो ।

हाल बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ । पालिका मुकाम रहेको वडा नम्बर ७ मा आज विद्युत् पहुँच पुगेको छ भने वडा नम्बर ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सो लार विद्युत् पहुँच छ भने अन्य ठाउँमा बिजुली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस