काठमाडौँ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि २० जनाको आवेदन स्वीकृत भएको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो ।
तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको छनोट समितिले जनाएको छ ।
दोस्रो पटक आवेदन दिनेहरूमा प्रा।डा गेहनाथ बराल, प्रा.डा गजेन्द्रप्रसाद कोजू, प्रा. डा. अजय रिसाल, प्रा.डा. दिपक श्रेष्ठ छन् ।
यससँगै अब केयूको भीसीमा २० जनाबीच प्रतिस्पर्धा हुनेछ ।

