२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच जना मृतावस्थामा फेला

अ+ अ-

काठमाडौँ । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मीको मुसिकोट नगरपालिका-३ धरमपानी बस्ने ४८ वर्षीय तुल बहादुर कार्की सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सर्लाहीको हरिवन नगरपालिका-८ पुरानो बजार छठ पोखरी जाने बाटो नजिक सोही ठाउँ बस्ने ६० वर्षीय श्रिधन थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ सीजी बस्ने ७९ वर्षीय नर बहादुर ठकुरी पनि घर नजिकै रहेको मनकामना सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी महोत्तरीको गौशाला नगरपालिका-८ स्थित ढल्केवर जंगलमा सोही ठाउँ बस्ने ६५ वर्षीय एक बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको भद्रपुर नगरपालिका-५ शान्तिटोल मशानघाटस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ३८ वर्षीय चन्दन सहनी समेत मृत अवस्थामा फेला परे प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।