२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुसहा-मौवहा-बेल्ही सडक जीर्ण

अ+ अ-

गोलबजार (सिरहा) । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत बनेको कुसहा-मौवहा-बेल्हीसडक जीर्ण हुँदा यात्रु र स्थानीय सास्ती खेप्न बाध्य भएका छन् । कलोपत्र उप्किएर सडक माटो र बालुवामा परिणत भएको सुरुङ्गा नगरपालिका-१० का रोशनकुमार साहको भनाइ छ । 

विसं २०७६ मा बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा खाल्डाखुल्डी परेर जीर्ण भई सडकमा बालुवा उड्न थालेको छ । त्यसले गर्दा सडक छेउका घर धुलाम्मे देख्न थालेको छ । स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर हुन थालेको बलानबिहुल गाउँपालिका–१ का स्थानीय रासिन्द्र यादवले बताए । 

बलानबिहुलका अध्यक्ष खेमचन्द्र यादवले चाँडै सम्बन्धित निकायले पुनः सडक कालोपत्र गर्ने वातावरण नमिलाए आन्दोलनमा जान बाध्य हुने बताए । उनले गाउँपालिकाले सो सडक पुनःनिर्माणका लागि संघदेखि प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको जानकारी दिए । जिल्ला प्राविधिक कार्यालय राजविराज सप्तरीले पप्पु मृत सञ्जीवनी जेभी काठमाडौँलाई रु ११ करोड एक लाख ७९ हजार ५५२ मा ठेक्का दिएको थियो । 

सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहा बजारदेखि भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलानबिहुल–४ बेल्हीसम्म करिब साढे १६ किलोमिटरसम्मको उक्त सडक योजनाअन्तर्गत सडक छेउमा वृक्षारोपण गर्ने भनिए पनि त्यसमा पनि चरम लापरबाही भएको थियो । 

सडको छेउछाउ लामो सयदेखि सफाइ नहुँदा बनमारा झाडी उम्रेर सडक कुरूप देखिन थालेको स्थानीय लक्ष्मीकान्त पासवानको भनाइ छ । स्थानीयका अनुसार सो सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएको थियो । ठेकेदार कम्पनीले ‘ग्राभेल’को काम सकेर बाँकी काम अलपत्र छाडेको राजाराम यादवको भनाइ छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विसं २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालयसँग सो सडकको सम्पूर्ण विवरण माग गरी छानबिन थालेपछि ठेकेदार कम्पनीले सडकको काम तीव्र रूपमा अघि बढाएर कालोपत्र गरेको थियो । सडक निर्माण कम्पनीको सडकको काम सन्तोषजनक नरहेको भन्दै स्थानीयले तत्कालीन समयमा असन्तुष्टि जनाए पनि जिल्ला पूर्वाधार विकास कार्यालय सिरहाले ध्यान नदिँदा चाँडै सडक जीर्ण भएको स्थानीयको आरोप छ ।