१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो-‘नेपालीको आत्मसम्मान गुमेको अवस्था छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका रास्वपा सांसद मनीष झाले सरकारको असफलताको कारण विदेशमा रहेका नेपाली असुरक्षितसमेत रहेको आरोप लगाए ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाइन् । यो एउटा घटना विशेषको रूपमा सीमित नभई आचरण र प्रवृत्तिमा जान चाहन्छु,’ सांसद झाले भने, ‘हाम्रो कूटनीति कतिसम्म कमजोर भयो कि कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ । तेरो देशको बजेट त यो कलेजको बजेट जति पनि छैन भनेर अपमान गरेको छ । यसले नागरिकको आत्मसम्मान र सुरक्षा छैन भन्ने देखाएको छ ।’

कूटनीतिक रूपमा सरकार असफल भएको भन्दै सांसद झाले नेपाली कूटनीति नै पुनः परिभाषित गर्नुपर्ने बेला आएको बताए ।

प्रतिनिधि सभाको विपक्षी दल रास्वपा सांसद झाले भारतीय दूतावासमा रहेको जनशक्तिले भारतमा रहेका नेपालीको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको पनि बताए ।

‘विभिन्न खाले रोजगारीका लागि करिब २२ लाख नेपाली भारतमा छन् । २० हजारजति विद्यार्थी विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् । नेपाली दूतावासमा राजनीतिक दान दक्षिणाको आधारमा पुगेका १६ जना कर्मचारी छन्,’ उनले भने, ‘एक जना कर्मचारीको भागमा एक लाख ३७ हजार नागरिकको जिम्मा पर्ने रहेछ । यो जनशक्तिले कसरी जिम्मेवारी पूरा गर्न सक्छ ?’

प्रतिक्रिया दिनुहोस