काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई कित्ता क्लियर गरेर अघि बढ्न आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले धेरै गम्भीरतापूर्वक उठेको छ । माओवादीले आफ्नो कित्ता क्लियर गरोस् । दक्षिणपन्थी यात्रा हो कि, समाजवादी यात्रा हो रु व्यवस्था बदल्न खोजेको हो कि सरकार बदल्न खोजेको हो ?,’ उनले भने । साथै, उनले विसं २००७ यता काँग्रेस एमाले सरकार मात्रै नभई संस्था नै बनेको जिकिर गरे ।







