२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भद्रपुर नगरपालिकाद्वारा तरकारीको बेर्ना वितरण

अ+ अ-

झापा । भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुने कृषि विकास अधिकृत सुमन विमलीले बताए ।

उनका अनुसार भद्रपुर नगरपालिकाको विभिन्न तीन स्थानमा रहेका कृषि फर्मबाट किसानले १५ प्रतिशत र बाँकी पालिकाले तिर्ने गरी उन्नत जातका तरकारीको बेर्ना वितरण गरिएको हो । प्रत्येक कृषि फार्मबाट काँक्रा तीन हजार, करेला तीन हजार, खुर्सानी तीन हजार, घिरौँला दुई हजार दुई सय, लौका दुई हजार दुई सयको सङ्ख्यामा वितरण गरिएको कृषि विकास अधिकृत विमलीले जानकारी दिए ।

नगरपालिकाका अनुसार खुर्सानीको बेर्नाको प्रति ईकाइ वितरण मूल्य रु. १० र अन्य तरकारीका बेर्नाको प्रति ईकाइ वितरण मूल्य रु.१५ भए पनि किसानले खुर्सानी प्रति ईकाइ रु. एक दशमलव पाँच तथा अन्य तरकारीका बेर्नाको रु. दुई दशमलव २५ मात्रै तिर्नुपर्ने छ ।

किसानलाई उन्नत जातका तरकारीको बेर्ना अनुदानमा वितरण गरी नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तार गर्ने गर्ने उद्देश्य रहेको नगर प्रमुख गणेश पोखरेलले बताए । किसानलाई कृषिमा आकर्षित गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो । नगरपालिकाले उक्त कार्यक्रममार्फत किसान लाभान्वित हुने विश्वास राखेको छ, साथै यसले कृषि क्षेत्रको दीर्घकालीन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।