२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतहट प्रहरीद्वारा एकै दिनमा चौध फरार प्रतिवादी पक्राउ

अ+ अ-

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै दिन १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भई जिल्ला अदालत गौरबाट दोषी ठहर भएर दण्ड सजाय तोकिए पनि फरार अवस्थामा रहेका प्रतिवादीहरूलाई पक्रन प्रहरी सफल भएको हो ।

अदालतबाट दोषी ठहर भई कानुनबमोजिम सजाय तोकिए पनि लामो समयदेखि लुकीछिपी बस्दै आएका प्रतिवादीहरूलाई प्रहरीको विशेष सक्रियतामा यही आइतबार विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

यसरी पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दामा दोषी ठहरिएका प्रेम राना, सागर अर्याल, बिन रानामगर भन्ने किरण रानामगर र सन्तमान लामा भन्ने सञ्चर रानामगर, वन मुद्दातर्फ फरार भएका शम्भु चौधरी, किशोरी चौधरी भन्ने नन्दकिशोर चौधरी र वीरेन्द्र चौधरी तथा जुवा मुद्दामा दोषी ठहरिएका किशोरकुमार चौधरी, रामादिनेश साह र शिवराज अधिकारी क्षेत्री रहेका छन् ।

त्यस्तै कुटपिट मुद्दातर्फ दोषी ठहरिएका शुभनारायण साह र कमल साह तेली तथा सम्बन्ध विच्छेद मुद्दातर्फका प्रतिवादी महमद असलम पक्राउ परेको प्रहरी प्रवक्ता रायले जानकारी दिए । प्रहरीले विभिन्न स्थानबाट पक्रिएका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेको सक्रियतामा चालु आर्थिक वर्षमा मात्र ४०० भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी कानुनको दायरामा ल्याएको प्रहरीले स्पष्ट गरेको छ ।