२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपतिमा सुन भनेर पित्तल चढायो भन्नेहरूले क्षमा पनि मागेनन् : ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्नो केही मान्छेहरूले विरोधका लागि विरोध गरिरहेको बताएका छन् ।

ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कसै कसैलाई विरोध गर्ने बानी नै परिसकेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘हामीले राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्छ, कसै कसैलाई बानी परेको हुन्छ विरोध गर्नुपर्छ । जे भए पनि विरोध, जसो गरे पनि विरोध, हामी भरे बेलुका खाना खान्छौँ मैले भने पनि त्यसको पनि विरोध हुन्छ । के खान खाने, कहाँबाट ल्याएर खाने ? घरमा भएको पो खानु, निहुँ खोज्नलाई अनेक कुरा गर्छन् मान्छेले, झगडा गर्नलाई कुनै कारण चाहिँदैन । बेलुका हामीले खाना खान्छौँ भने पनि त्यसको पनि खण्डन गर्छ । त्यस्तो बानी परेको छ ।’

उनले माओवादीका सांसदले पशुपतिमा सुनको जलहरि चढाउँछु भनेर पित्तल चढाएको भन्दै आफूलाई आरोप लगाएको स्मरण गरे ।

उनले थपे, ‘यसअघिको सरकारको एउटा सांसदले सुन भनेर पित्तल चढायो भनेर कराए, तीनका मतियारहरूले ताली बजाए, तीनको नेताले समिति बनाएर जलहरि उक्काए, नापे, तौलिए तर लाज पनि मानेनन्, पशुपतिसँग क्षमा पनि मागेनन् । अहिले पनि भन्दै छन् जलहरि काण्ड। यस्ता मान्छे पनि छन् ।’

उनले कसैको विरोध गर्नेहरूसँग मतलब नभएको भन्दै आफू देश बनाउने काममा केन्द्रित रहेको बताए ।