काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १०० वटा भन्दा बढी उजुरी परेको छ ।
१०० वटा उजुरी यसअघि नै सांसदहरूलाई बाँडिसकिएको छ ।
गत माघ ८ गते बसेको लेखा समितिको बैठकमा त्यस बेलासम्म प्राप्त उजुरीहरू सांसदहरूलाई वितरण गरिएको थियो ।
जसमा विभिन्न विषयमा १०० वटा उजुरी रहेका थिए । सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन् ।
लेखा समितिकाका अनुसार उजुरी आउने क्रम जारी छ ।