७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीले लेखिरहेकै बेला विश्वविद्यालयले परीक्षा स्थगित गरेपछि…

अ+ अ-

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा प्रश्न पत्र र उत्तर पुस्तिका वितरण भई विद्यार्थीले लेख्दालेख्दै परीक्षा स्थगित भएको छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन भएको हो ।

‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौँ समेष्टरको परीक्षा एक्कासी स्थगित गरिएको हो । एमयूमा चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सोही निर्वाचनलाई कारण देखाउँदै परीक्षा चलिरहेकै बेलामा स्थगन गरेको हो ।

आइतबार बिहानै विद्यार्थीहरू परीक्षा दिन कक्षामा पुगेका थिए । प्रश्न पत्र र उत्तर पुस्तिका पनि वितरण भई विद्यार्थीले लेख्न थालेको ३५ मिनेटपछि एक्कासी परीक्षा स्थगन भएको सूचना आएको एक विद्यार्थीले बताएका छन्।

आफूहरूलाई पूर्वजानकारी बिना परीक्षा स्थगन गरिनु विश्वविद्यालयको गम्भीर त्रुटि भएको विद्यार्थीको गुनासो छ । मध्यपश्चिम विश्वविद्यालय ‘ग्राजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत सञ्चालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरूको आइतबार बिहान बसेको संयुक्त विभागीय बैठकले परीक्षा स्थगन गरेको जनाएको छ ।

‘‘स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको पत्रानुसार चैत्र ३ गतेदेखि हुने भनिएको स्नातक तह प्रथम र सातौँ सेमेस्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस