काठमाडौँ । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारको क्रममा संयुक्त अधिराज्य अमेरिकामा निधन भएको छ । अधिकारीको अमेरिकामा निधन भएकाले पार्टीले जनाएको छ ।
उनको निधनमा दुस्ख प्रकट गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयहरूमा ३ दिन झन्डा झुकाउने र १३ औँ दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उनको पार्थिव शरीरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिनेछ । राप्रपा नेपालले अधिकारीको निधनप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ ।
अधिकारीको जन्म २०१३ सालमा संखुवासभा जिल्लामा भएको थियो । उनको एक छोरा, एक छोरी र श्रीमती छन् ।