५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एपिएफले गण्डकीलाई ३१ रनले हरायो, फाइनल सम्भावना कायमै 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले फाइनल सम्भावना कायमै राखेको छ।

आइतबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा गण्डकी प्रदेशलाई ३१ रनले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानको एपिएफले फाइनल सम्भावना कायमै राखेको हो।

अन्तिम दुई खेलअघि एपिएफ १० अंक जोड्दै १० अंक जोडेको छ। शीर्ष स्थानको नेपाल पुलिस क्लबको अन्तिम दुई खेलअघि १४ अंक छ। एक खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ।

अब एपिएफलाई फाइनलमा स्थान बनाउन आर्मीले अन्तिम खेल गुमाउँदा आफूले बाँकी रहेका दुवै खेल जित्न पर्नेछ। पुलिसले अन्तिम दुई खेल गुमाएर आफूले दुवै खेल जिते पनि एपिएफको फाइनल सम्भावना हुनेछ।

आइतबार एपिएफले २५९ रनको लक्ष्य पछ्याएको गण्डकीलाई ८ विकेटको क्षतिमा २२७ रनमा रोक्यो। गण्डकीका लागि अर्जुन कुमालले ३९ रन र  दिनेश बुढामगरले ३४ रन जोड्न सके।

बलिङमा एपिएफका अभिषेक गौतमले ३ विकेट र अमरसिंह रटेउलाले २ विकेट लिए। 

त्यसअघि टस जितेको गण्डकीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफ ४९।२ ओभरमा २५८ रनमा अलआउट भयो। 

एपिएफका लागि ओपनिङ ब्याटर आसिफ शेखले ८० रन बनाए। उनले ७४ बलमा १० चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर लोकेश बमले ४६ रन बनाए भने सुमित महर्जनले ३१ रन जोडे।

बलिङमा गण्डकीका सन्दीप पराजुली र सुदिप अर्यालले ३(३ विकेट लिए। कमल परियारले २ विकेट हात पारेका छन्। 

प्रतिक्रिया दिनुहोस