काठमाडौँ । त्रिवि, शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीहरूले ताला लगाएका छन् ।
शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको तेस्रो सेमेस्टरको नतिजामा ६८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि विद्यार्थीहरूले ताला लगाएका हुन् ।
‘सेमेस्टर प्रणालीमा अनुत्तीर्ण हुनु भनेको प्रणाली नै फेल भएको हामी सम्पूर्ण विद्यार्थीको बुझाइ हो,’ ३० जना विद्यार्थीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
तेस्रो सेमेस्टरको ‘मेजसरमेन्ट एन्ड इभ्यालुएसन इन एजुकेसन’ विषयमा प्रश्न नै गलत सोधेको कारण नतिजा सन्तोषजनक नभएको विद्यार्थीहरूको आरोप छ ।
गलत प्रश्न सोध्नेलाई कारबाही र नतिजाको पुनर्योग गर्न विद्यार्थीहरूले माग गरेका छन् । माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी विद्यार्थीहरूले दिएका छन् ।







