काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले कर्फ्युको अवधि बढाउँदै भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार स्थिति नियन्त्रणमा राख्न कर्फ्युको समय विस्तार गरिएको हो।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौँको तीनकुनेसहितका क्षेत्र तोकी आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकी लगाइएको कर्फ्यु भोलि बिहान ७ बजेसम्मका लागि लम्ब्याइएको छ।
कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरी नागरिकलाई सतर्क गराएको थियो। तर, कर्फ्यु लागू भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौँका विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका छन्।








