सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका-११ कुबिर्ता चोकस्थित एक घरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रकमसहित एक जना पक्राउ परेका छन्।
मंगलबार दिउँसो करिब ४:३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय प्रकाश तामाङको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरको कोठाभित्रबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रु। ५२ हजार ४०० बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






