१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, पदमा फर्किने बाटो बन्द

अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले पनि सदर गरेको छ । यससँगै उनी पदमा फर्किने बाटो बन्द भएको छ । संवैधानिक अदालतले सर्वसम्मतिले संसदबाट पारित भएको महाभियोगलाई अनुमोदन गर्दै उनलाई पदच्युत गरिदिएको हो ।

युनले केही समयअघि मार्शल लको घोषणा गरेका थिए । उनले उत्तर कोरियाबाट खतरा र राजनीतिक गतिरोधलाई कारण देखाउँदै मार्शल ल लागू गरेपछि व्यापक विरोध भएको थियो । त्यसकै कारण उनीमाथि महाअभियोग लगाइएको थियो ।

युन सुक योललाई महाअभियोग लागेपछि त्यहाँका प्रधानमन्त्री हान डक-सू कार्यवाहक राष्ट्रपति बनेका छन् । उनलाई पनि महाअभियोग लगाइएको थियो, तर अदालतले उनको महाअभियोग खारेज गरिदिएको थियो ।

युन सुक योल पदमुक्त हुने दक्षिण कोरियाका दोस्रो राष्ट्रपति बनेका छन् । यसअघि सन् २०१७ मा पार्क ग्युन-हे पनि महाभियोगपछि पदच्युत भएका थिए । अदालतको निर्णयअनुसार, अब ६० दिनभित्र दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्नेछ ।