२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिवेशनका बेला तँछाडमडाछ गर्ने, तर बैठकमा नआउने प्रवृत्ति मौलाएकोबारे शंकर पोखरेलको चिन्ता

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको बेला तँछाडमछाड गर्ने, तर सकिएपछि बैठकमा नै नआउने प्रवृत्ति पार्टीमा मौलाएको बताएका छन् ।

पार्टीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा आइतबार काठमाडौँमा आयोजित रामनवमी तथा चैते दशैँ २०८१ को शुभकामनासहित पार्टीको जरा अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रममा पोखरेलले पार्टी र नेताहरू खोजेको बेला भेटिनु पर्ने बताए ।

‘भौतिक रूपमा उपस्थित भएर गरिने कामले आत्मीयता बढाउँछ’, पोखरेलले भने ।

नियमित सम्पर्क र संवाद नगर्दा मानिसहरू बरालिने भन्दै उनले पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकसँग पनि सम्पर्क र संवादमा रहन आग्रह गरेका छन् ।

युवाका बीचमा पार्टीलाई स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले यस वर्षको स्थापना दिवस ‘युवाको बीचमा पार्टी’ भन्ने मूल नाराका साथ मनाउन लागेको जानकारी गराए ।

जनतासँग जति जोडिने कुरालाई महत्त्व दिनुपर्ने भन्दै उनले यसले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको योजनामा योगदान गर्ने बताए ।

सामाजिक सञ्जालको आवश्यकतामा जोड दिँदै महासचिव पोखरेलले आफूले गरेको कामलाई प्रचार प्रसार गर्नुपर्ने बताए ।

‘आजभोलि वैचारिक र सांगठनिक कामलाई कोठाभित्र प्रशिक्षण गरेर मात्र हुँदैन, सामाजिक सञ्जालमार्फत पनि प्रस्तुत गर्नुपर्दछ’, उनले भने ।

लोकतन्त्रमा गएपछि मुलुक कमजोर भयो भनी कतिपयले गरेको टिप्पणी मनोगत भएको उनको भनाइ छ । तथ्यलाई विश्लेषण गर्ने हो भने राजसंस्था र त्यसपछिको अवस्थामा छर्लंग हुने पोखरेलको तर्क छ ।

गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केहीले समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरिरहेको उनले बताए ।

‘अहिले कथित राजावादीहरू जुरमुराएका छन् । त्यसको पटाक्ष चैत १५ गतेको सभामा देखियो । सारा जनता जुरमुराएर आउने छन् र अन्तर्राष्ट्रिय विमानस्थल तथा संसद् भवन कब्जा गर्न सकिन्छ भनेर राजवादीले चैत १५ को आन्दोलन गरेका थिए’, उनले भने, ‘सोचेजस्तो मानिस नआएपछि राजावादीहरूले हिंसा र उद्दण्डता देखाए ।’

महासचिव पोखरेलले थपे, ‘राजतन्त्रको अमानवीयताको अनुहार देख्न नपाएको नयाँ पुस्ताले तीनकुनेको घटनाबाट राजतन्त्रको उद्दण्डताको दृश्य देख्ने मौका पायो’, उनले भने ।

राजतन्त्रवादीहरू जतिसुकै सलबलाए पनि गणतान्त्रिक व्यवस्थालाई हल्लाउन नसक्ने उनको जिकिर छ । एमालेले काठमाडौंमा गरेको मोटरसाइकल प्रदर्शनबाट राजावादीहरू हच्किसकेको पोखरेलले बताए ।

‘पूर्वराजा र उनका मतियारको व्यवहारले पुनः एक पटक गणतन्त्रवादीलाई एक ठाउँमा आउने वातावरण बनाएको छ । कहिलेकाहीँ नकारात्मक कुराले पनि सकारात्मक परिणाम दिन्छ’, पोखरेलले भने ।

देशको अबको आवश्यकता राजनीतिक ध्रुवीकरण भएको दोहोर्‍याउँदै उनले एकल बहुमत स्थापित गरी मुलुकलाई राजनीतिक स्थायित्व दिने गरी नेकपा एमालेले काम गरिरहेको बताए ।