काठमाडौँ । अन्तर व्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भइ सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन् ।
उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तर व्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधि मण्डल बिहीबार अपराह्न नेपाल आइपुगेको हो । नेपाल अवतरण गर्दै सभामुख घिमिरेले उज्बेकिस्तान भ्रमण फलदायी दाबी गरेका छन् ।