६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तीर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति दुःख व्यक्त गरेका छन्। सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

नेता ज्ञवालीको आज निधन भएको हो । काँग्रेसले उनले संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । लामो समयसम्म कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर ज्ञवालीले कार्य गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको काँग्रेसले जनाएको छ ।

विसं २०२३ देखि राजनीतिमा प्रवेश गरेका स्व ज्ञवालीले काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । विसं २००८ जेठमा जन्मिएका उनले नेपालमा प्रजातन्त्र स्थापना र पुन:स्थापनाको संघर्ष र आन्दोलनका क्रममा करिब साढे चार वर्ष जेल जीवन बिताएका थिए । 

तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वस्वहरण गर्नुका साथै आजीवन कारावासको सजायसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस