काठमाडौं । रुपन्देही र दाङमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ चाँदबारीस्थित राम प्रसाद गिरिको घरमा गंगा सिंहले संचालन गरेको मास्टर डेन्टल ल्यावमा मंगलबार बिहान आगलागी हुँदा दाँत बनाउने मेसिन २ थान, ल्यापटप १ थान, कम्प्युटर २ थान, प्रिन्टर १ थान, डिजाईनर स्क्यानर १ थान र फर्निचर लगायतका सामानहरू जलेर नष्ट भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
त्यस्तै दाङको, शान्तिनगर गाउँपालिका-२ पतेरी बस्ने ७६ वर्षीय मनबीर खड्काको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।