१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुस्त मनस्थिति अभिभावक संघलाई बजेट अभाव

अ+ अ-

जनकपुरधाम । स्रोत, साधन तथा बजेट अभावमा यहाँस्थित बौद्धिक अपांगता भएका बालबालिका अध्ययन गर्ने सुस्त मनस्थिति अभिभावक संघ बन्द हुने अवस्थामा पुगेको छ । 

विगत ३४ वर्षदेखि सञ्चालनमा रहेको उक्त विद्यालयमा यति बेला शिक्षक, प्रशिक्षक र स्वयमसेवकलाई तलबलगायतका सुविधाका लागि बजेट अभाव भएको जनाइएको छ । हाल उक्त केन्द्रमा विभिन्न उमेर समूहका ७२ जना बालबालिका अध्ययनरत छन् ।

संस्थामा अध्ययनरत बालबालिकालाई उनीहरूको आनीबानी, व्यवहार तथा स्वास्थ्यमा सुधार ल्याउनुका साथै सीपमूलक तालिम दिइँदै आइएको छ । बजेट अभावले अहिले बालबालिकालाई घरबाट ल्याउने र लैजान समेत समस्या भइरहेको संघका अध्यक्ष कामेश्वर झाले बताए । संस्थासँग पहिले तीनवटा सिटी रिक्सा रहेकामा हाल एउटा मात्रै सिटी रिक्सा छ । पर्याप्त सवारी साधन नहुँदा बालबालिकालाई नियमित अध्ययनका लागि ल्याउन समस्या भएको उनले बताए । 

“बालबालिकालाई दैनिक अध्ययन तथा स्वास्थ्यको हेरचाहका साथै फिजियो र र स्पिच थेरापी गर्नुपर्ने हुन्छ, बजेट अभावले समस्या भएको छ”, अध्यक्ष झाले भने । 

जनकपुरधाम उपमहानगरपालिकाले संस्थालाई वार्षिक रु. छ लाख दिने गरेको भए पनि त्यहाँबाट शिक्षकसहित कर्मचारीलाई तलब र भत्ता दिन अपुग भएको उनको भनाइ छ । हाल संस्थामा प्रशिक्षक, कर्मचारी र स्वयमसेवक गरी पाँच जना नियमित कार्यरत छन् । 

सुस्त मनस्थितिका बालबालिकाको अध्ययन, अध्यापन तथा सीपमूलक तालिम दिने उद्देश्यले बि.सं. २०४७ मा संस्था स्थापना भएको थियो । संस्थाका लागि वार्षिक रु. २५ लाख बजेट आवश्यक भएको अध्यक्ष झाले बताए। 

प्रतिक्रिया दिनुहोस