काठमाडौँ । काँग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा अनुसन्धान गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयले शनिबार राति उनको घरबाट पक्राउ गरेको हो ।
उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।
पक्राउ परेकी राईमाथि कालीमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसूरमा अनुसन्धान हुनेछ । राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।