काठमाडौँ । काठमाडौँ उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ङसहित वर्षा भइरहेको छ । काठमाडौँमा पनि गड्याङगुडुङसहित अहिले वर्षा भइरहेको छ ।वर्षा भएपछि उपत्यकामा केही चिसो महसुस गरिएको छ ।