काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा तोकेको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०४ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६३ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ १४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १८ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।