काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो गर्ने र नगर्ने उस्तै हुन् भन्ने भाष्य बनाएर लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध एक खालको षडयन्त्र भइरहेको बताएका छन् ।
मंगलबार जिल्ला समन्वय समिति कैलालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कताकता हाम्रा बुद्धिजीवीहरू पनि सोसियल मिडियाको भाष्यबाट प्रभावित भएर सबै एकै हो, भ्रष्टाचारका विरुद्ध लडाइँ लड्ने पनि उही हो, भ्रष्टाचारीलाई बचाउने पनि त्यही हो भन्या जस्तो भएको छ । यो पक्कै पनि दुर्भाग्यपूर्ण कुरा हो,’ ‘प्रचण्ड’ले भने ।
सुशासनको पक्षमा एउटा वातावरण बनाउन पहल गर्ने र सुशासनको विरुद्ध काम गर्ने उस्तै(उस्तै हुन् भनियो भने त्यो दुर्भाग्यपूर्ण हुने उनले बताए ।