२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशमान सिंहले भने-‘आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ’

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन् ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसलाई आवश्यक पर्ने आयआर्जन गर्न सक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसाधनकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए ।

उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवास कम्पनीलाई विशेष महत्त्व दिलाएको पनि बताए ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे त्यसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए ।

‘जनताको अपेक्षा धेरै छ । कम्पनीमा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नतर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने