२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नीति तथा कार्यक्रमले समृद्धि र सामाजिकलाई समेट्न सकेन’ : वामदेव गौतम

अ+ अ-

काठमाडौँ । सांसद वामदेव गौतमले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा कमजोरी रहेको बताएका छन् । 

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी गरेको प्रस्तावमाथि छलफलका क्रममा गौतमले नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको टिप्पणी गरे । 

“नीति तथा कार्यक्रमले भ्रष्टाचार उन्मुलन गर्ने किसिमको योजना ल्याउन सकेन, आन्दोलन रोक्ने किसिमको कुनै शब्द उल्लेख गरिएन”, उनले भने, “संविधानले मार्गदर्शन गरेको समाजवादभन्दा अन्य व्यवस्थामा जान सकिँदैन । समाजवादउन्मुख नीति तथा कार्यक्रम हुनुपर्थ्यो ।”

सांसद शारदादेवी भट्टले नीति तथा कार्यक्रममा व्यावसायिक जोखिम बीमा ल्याउने विषय समेटिनु स्वागतयोग्य भएको टिप्पणी गरे। “ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार गर्ने, १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार नि:शुल्क गर्ने, महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने, महिला सबलीकरणमा ध्यान दिने नीति स्वागतयोग्य छ,” उनले भने, “सीमा सुरक्षासम्बन्धी कार्यक्रमलाई तीव्रता दिनु राम्रो नीति हो । अब प्रभावकारी कार्यान्वयनको खाँचो छ ।” 

सांसद जगप्रसाद शर्माले आयात बढिरहेको उल्लेख गर्दै निर्यात बढाउन ध्यान दिनुपर्नेमा जोड दिए । “आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकतालाई सही रूपमा सम्बोधन गर्न सक्दैन”, उनले भने, “सुशासन, समृद्धि र सामाजिक न्यायको योजनालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेन ।”