२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा निर्माण गरिएको उद्यान गाउँपालिकालाई हस्तान्तरण

अ+ अ-

काठमाडौँ। पाल्पाको माथागढीमा नेपाली सेनाले तयार गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाले माथागढी परिसरमा तयार गरेको उद्यान मंगलबार माथागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

मध्यपश्चिम पृतनापति उपरथी प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीलाई निर्माण सम्पन्न भएको संरचनाको प्रमाणपत्र हस्तान्तरण गरे ।

नेपाली सेनाले शीघ्र प्रभावी योजनाअन्तर्गत माथागढी गाउँपालिकाको वडा नं. ५ स्थित माथागढी परिसरमा ढुङ्गा बिछ्याउने र सौन्दर्यकरण गर्ने काम गरेको हो ।

नेपाल–अङ्ग्रेज युद्ध तथा नेपाल एकीकरणका बेलामा प्रयोग भएका ऐतिहासिक स्थलको प्रचार एवम् संरक्षण गर्ने उद्देश्यका साथ माथागढी परिसरमा ढुंगा बिछ्याउने र सौन्दर्यकरणको काम गरिएको नेपाली सेनाका उपरथी पुनले जानकारी दिए ।

ऐतिहासिक र पर्यटकीय स्थलको रूपमा विकास गर्न सेनाले यस्ता संरचना तयार गरेको उनले बताए । तानसेनस्थित दि फेमस महिन्द्र दल गणको संयोजनमा पार्क तयार भएको गणका प्रमुख सेनानी भूपेन्द्र गुरुङले बताए ।

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष चिदीले स्थानीय तह, सेना, प्रदेश र संघीय सरकारले यस्ता संरचनाको विकास र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । ऐतिहासिक स्थलको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी दिन सकिने उनले बताए । यस्तै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले सेनाले विपद्का बेलामा मात्र होइन, ऐतिहासिक स्थलको जगेर्ना र विकासमा ध्यान दिएको उल्लेख गरे ।