काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डिल्लीराम शर्मालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो। सोही क्रममा शर्मालाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो।
यसैगरी, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ।
सरुवा भएका सचिवहरूमा शर्मा र पन्थको जिम्मेवारी टुंगो लाग्न बाँकी थियो। केही समयअघि मात्र उनीहरूको नयाँ जिम्मेवारी तय भएको हो।







