काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री गगन थापाले थारुलाई पार्टीमा भित्र्याएका हुन् ।
थारुसहित अन्य व्यक्तिहरू पनि प्रवेश गरेको काँग्रेस बाँकेका नेताहरूले जानकारी गराएका छन् ।







