२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ’-एडिबी

अ+ अ-

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले सुदूरपश्चिम प्रदेशलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिने बताएको छ ।

एडीबीले गरेको ‘सुदूरपश्चिम एकीकृत आर्थिक तथा पर्यटन विकास अध्ययन’ का आधारमा सुदूरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न सिफारिस गरेको छ ।

पर्यटन परामर्श गोष्ठी एवं पूर्व–लगानी तथा विकास सम्मेलनको क्रममा एडीबीले प्रस्तुत गरेको सुझावमा यस क्षेत्रको पर्यटन विकासका लागि गर्नुपर्ने विभिन्न कामहरू समावेश छ ।

‘यस प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा अत्यन्त अनुपम छन्, तर पर्यटनको सम्भावना अझैसम्म पूर्ण रूपमा उपयोग भएको छैन,’ नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, ‘अध्ययनले कनेक्टिभिटी (यातायात सञ्जाल), पर्यटकीय गन्तव्यहरू र जनशक्ति क्षमतामाको क्षमता विकास लक्षित लगानीद्वारा सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ ।’

सिफारिसहरू प्रस्तुत गर्न प्रदेश राजधानी धनगढीमा आयोजित कार्यक्रममा राजदूतहरू, विकास साझेदार संस्थाका प्रमुखहरू, संघीय र प्रदेश सरकारका प्रतिनिधिहरू तथा निजी क्षेत्रका अगुवाहरूलाई उपस्थिति थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधमा एडीबीले उक्त अध्ययन सम्पन्न गर्नुका साथै प्रदेश पर्यटन गुरुयोजना निर्माण गरेको हो ।

पहुँच अभिवृद्धि गर्न र देशमा भित्रिएका पर्यटकहरूको सन्तुलित वितरण सुनिश्चित गर्न उन्नत पूर्वाधार विकासको आवश्यकतालाई अध्ययनले औँल्याएको छ ।

अध्ययनले समग्र पर्यटन सर्किट र वातावरणमैत्री (पर्यटकीय) गन्तव्यहरूको विकास, सुशासन, दक्ष जनशक्ति विकास र निजी लगानी आकर्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।

‘हामीले सुदूरपश्चिमको पर्यटन विकास गर्दा यसको प्राकृतिक सुन्दरता र वातावरणको संरक्षण आगामी पुस्ताका लागि कसरी सुनिश्चित गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ,’ कोश्वाले भने ।

सुदूरपश्चिम प्रदेशले आयोजना गर्न लागेको लगानी सम्मेलनले विकास रणनीतिहरूमा सामञ्जस्याता कायम गर्नुका साथै सार्वजनिक–निजी साझेदारीलाई प्रवर्द्धन गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने महत्त्वपूर्ण मञ्च प्रदान गर्ने उनले बताए ।

कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी थिए ।