२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको जिकिर-‘फेसबुकमा मुख छाडेर हिँड्नेहरू पारिवारिक तनावमा हुन्छन्’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने निष्कर्ष सुनाएका छन् ।

आइडिया स्टुडियोले काठमाडौँमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई तनावमुक्त भएर बस्न सुझाव दिए ।

उनले युवाले चित्त बुझाउन नहुने र परिवर्तनको लागि लाग्नुपर्नेमा जोड दिए । ‘तर चित्त नबुझाउने भनेको अरूलाई गाली गर्ने, केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले कसैलाई राम्रो गर्दैन,’ उनले भने ।

उनले भने, ‘यो फेसबुक-फेसबुकमा मुख छाडेर हिँड्नेहरूको पारिवारिक स्थिति तपाईँहरूले उनीहरूको परिवारभित्र के छ भनेर हेर्नुभयो भने टेन्सन हुन्छ ।’

उनका अनुसार सामाजिक सञ्जालमा मुख छाड्नु उनीहरूको आदत हो । ‘किनभने त्यो आदत हो। त्यस बानीले गर्दा खेरी ऊ आफैँ तनावमा हुन्छ,’ उनले भने ।

गाली गरेर हिँड्ने अभ्यासले व्यक्ति, परिवार र समाज कसैलाई पनि राम्रो नगर्ने तर्क गरे । उनले भने, ‘असन्तुष्ट हुँदा अरूलाई मुख छाडेर हिँड्ने, गाली गरेर हिँड्ने, काम केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले आफूलाई पनि राम्रो गर्दैन, आफ्नो स्वास्थ्य पनि राम्रो गर्दैन, पारिवारिक स्वास्थ्य पनि राम्रो गर्दैन, सामाजिक स्वास्थ्य पनि राम्रो गर्दैन ।’

उनले युवाहरूलाई केही काम गर्नासाथ घमण्ड नगर्न सुझाव दिए । ‘आफूले गरेको कामप्रति गर्व गर्नुस्, घमण्ड गर्ने होइन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले रोजगारीको समस्या समाधान गर्न उद्यमशीलता विकासको विकल्प नरहेको बताए ।

‘उद्यमशीलताबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरी रोजगारी अवसर कसरी आउँछ रु,’ उनले प्रश्न गरे ।

उनले सरकारी जागिरलाई सीमित प्रतिशतले मात्र पाउने अवसरको संज्ञा दिए । ‘यो त सीमित एक प्रतिशतले पाउने हो । एक प्रतिशतले रोजगारी पाएर त भएन नि,’ उनले भने, ‘हरेक वर्ष साढे चार लाखदेखि ५ लाख युवाहरू रोजगारीका निम्ति बजारमा आउँछन् । एक प्रतिशत रोजगारी सरकारी तवरमा पाउँछौँ । दुई, तीन प्रतिशत हामीलाई चाहिएको हुन्छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलतको विकास बाहेक अर्को कुनै उपाय नरहेको बताए ।