२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम मन्त्रालयद्वारा श्रमिकको स्वास्थ्य परीक्षण गर्न सूचीकृत तीन वटा स्वास्थ्य संस्था खारेज

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सूचीकृत तीन वटा स्वास्थ्य संस्था खारेज गरेको छ ।

मन्त्रालयले तोकेको समय सीमाभित्र नवीकरण नगर्ने काठमाडौँस्थित स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, काठमाडौँ गोंगबुको रोज इन्टरनेसनल मेडिकल सर्भिसेस र ललितपुरको गोल्डेन गेट पोलिक्लिनिक एन्ड डाइबेटिज सेन्टर खारेजीमा परेका हुन् ।

रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पुस मसान्तसम्म निवेदन दिनुपर्ने उल्लेख छ ।

संस्थाले विशेष कारणले तोकिएको समयभित्र नवीकरणको निवेदन दिन नसकेमा सोको कारण खुलाई थप १५ दिनभित्र नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

श्रम मन्त्रालयका अनुसार मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र गोल्डेन गेट पोलिक्लिनिक एन्ड डाइबेटिज सेन्टरले तोकेको समयमा नवीकरण नगरेको स्पष्टीकरण पेस गरे पनि चित्त बुझ्दो देखिएन भने रोज इन्टरनेसनल मेडिकल सर्भिसेसले स्पष्टीकरण पनि पेस नगरेको हुँदा विज्ञ समितिको सिफारिसमा तीन वटै संस्था खारेज गरिएको हो ।

मन्त्रालयले गठन गरेको विज्ञ समितिले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि अनुसार ती संस्थाको नवीकरण तथा दर्ता खोरेजी गरेको जानकारी दिए ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २२३ वटा स्वास्थ्य संस्था दर्ता वा नवीकरण भएर सञ्चालनमा छन् । ती स्वास्थ्य संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकले स्वास्थ्य परीक्षण गराएर जाने गरेका छन् ।