काठमाडौँ । पतञ्जलीसँग सम्बन्धित जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो, जरिवाना तथा सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो।
भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेपाल प्रतिनिधि सभा सदस्यबाट स्वतः निलम्बनमा परेका छन्। नेपालको इतिहासमा यो पहिलोपटक हो, जब कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ।







