२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवालीको जिकिर-‘एमालेलाई गाली नगरी माओवादी र रास्वपाको पसल चल्दैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरुद्ध संगठितरूपमा विपक्षी लागि परेको दाबी गरेका छन्। 

शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशको कार्यशालालाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध पछिल्लो समय राजावादी, माओवादी, रास्वपालगायतका दलहरू संगठितरूपमा लागि परेको बताएका हुन्।

‘अहिले एमाले र एमालेको नेतृत्वविरुद्ध गाली नगरी हाम्रो पसल चल्दैन भन्नेमा पछिल्लो समय सबैभन्दा बढी राजावादी, माओवादी, रास्वपा लगायतका दललाई लागेको छ, ‘उपमहासचिव ज्ञवालीले भने, ‘एमाले गणतन्त्रवादी दल भएकाले राजावादी विरुद्धमा छन्, ३२ सिटको जादु नचलेपछि माओवादी सरकार, एमाले र नेतृत्वविरुद्ध छ, रास्वपाले पुराना दललाई गाली नगरी अगाडि बढ्न सकिँदैन भन्नेमा प्रष्ट छ। तसर्थ सबैको केन्द्रबिन्दुमा एमाले भएकाले योजनाबद्ध रूपमा कार्य योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

ज्ञवालीले निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदा पनि सम्पूर्ण घेराबन्दी तोडेर एमाले सरकारमा पुनः पुग्न सफल भएको दाबी गरे। उनले एमालेको प्रभावकारी प्रचार, जनप्रतिनिधिको काम गराइ, पार्टी र जनसंगठनले गर्ने कामको आधारमा जनमत बढ्ने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए। उनले देश विकास गर्ने र राष्ट्रवादी शक्ति एमाले भएको उल्लेख गरे।

उनले मिसन ८४ लाई ध्यान दिएर आ-आफ्नो स्थानबाट लागि पर्न आग्रह गरे। दुई दिने कार्यशालाले १०१ सदस्यीय प्रचार सञ्जाल गठन गरिएको बागमती प्रदेशकी उपसचिव एवं प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन्।