२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले प्रतिपक्षका नेतालाई छानाछानी आक्रमण गरिरहेको छ’-देव गुरुङ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । 

वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानाछानी बदला भाव देखाएको उनको दाबी छ ।

सरकारले सत्तापक्षीय नेताहरूमाथि प्रश्न उठ्दा भने सरकारले संरक्षण दिएको बताएका छन् । 

शुक्रबार संवाद डबलीलले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा उनले भने, ‘माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्धा दायर गरिनु, रास्वपा सभापति रवि लामिछानेमाथि कानुनी डण्डा बर्साउनु, कुलमान घिसिङलाई हटाउने, बालेन शाहलाई चलाई राख्नु प्रतिशोध र बदला भाव हो ।’

महासचिव गुरुङले पार्टीका उपाध्यक्ष अग्नी सापकोटा र नेता सूर्यमान दोङलगायतमाथि लगाइएको मुद्दालाई नियमित अदालतले भन्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट सुल्झाउनुपर्ने धारणा राखे ।

पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको बताउँदै उनले भने, ‘अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरी कारबाही गरिपाउँ भनी अदालतमा जानु विस्तृत शान्ति सम्झौता र टिआरसी विरुद्धको विषय भयो ।’