२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोराही कारागारमा बायोग्यास उत्पादन

अ+ अ-

घोराही (दाङ) । दाङको घोराही कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ । पछिल्लो समय बढ्दो फोहोरको समस्या व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख लक्ष्मणसिंह राठौरल रु १२ लाखको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको बताए । उनले भने, “दिसाजन्य फोहोर व्यवस्थापनमा निकै चुनौती भइरहेको समयमा यसबाट बायोग्यास उत्पादन गर्दा प्रभावकारी हुने सुझावअनुसार काम गरेका हौँ । ५० घन मिटर क्षमताको बायोग्यासबाट हाल ८० जनाको लागि खाना पकाउनमा सहयोग पुगेको छ ।”

विभिन्न ठाउँमा फोहोरजन्य वस्तु व्यवस्थापनमा समस्या भइरहेको समयमा आफूहरूले अरूलाई पनि सन्देश दिने उद्देश्यले बायोग्यास उत्पादन गरिएको राठौरको भनाइ छ । “फोहर अभावले हाल क्षमताअनुसार उत्पादन गर्न सकेका छैनौँ । आगामी दिनमा फोहोर बढाउन सकियो भने अझ धेरै बायोग्यास उत्पादन हुनेछ”, उनले भने, “यसले गर्दा एलपी ग्यासको बचत र दिसाजन्य फोहोरलाई व्यवस्थापन गर्न निकै सहज भएको छ ।” 

हाल घोराही कारागारमा ४२७ जना कैदिबन्दी रहेका छन् ।